विद्युत विकास विभाग

विद्युत क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने र यस क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गरेर राष्ट्रियस्तरमा आर्थिक प्रभावकारिता सुधार गर्ने उद्देश्यले साविकको जलस्रोत मन्त्रालय अन्तर्गत विद्युत विकास केन्द्रको स्थापना २०५० साल श्रावण १ गते गरिएको थियो। पछि सो केन्द्रलाई २०५६ साल माघ २४ गतेदेखि विद्युत विकास विभाग नामाकरण गरिएको हो। थप जानकारी ...

जलस्रोत तथा सिँचाइ विभाग

सिँचाइ क्षेत्रको दिगो विकास र व्यवस्थापन मार्फत वर्षै भरी भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने तथा नदी एवम् जल उत्पन्न प्रकोप व्यवस्थापन गर्ने उद्देश्यले यस मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ विभागको स्थापना भएको हो। वि.सं. २००९ सालमा नहर विभागको स्थापना भए सँगै समय क्रममा विभिन्न रूपमा परिमार्जित हुँदै यो विभाग हालको जलस्रोत तथा सिँचाइ विभागको रूपमा स्थापित हुन पुगेको हो। थप जानकारी ...