| पृष्ठभूमि: |
|
ऊर्जा, जलस्रोत तथा सिँचाइको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँड सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन गर्न तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ सम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकास गर्न साविकको ऊर्जा मन्त्रालय र सिँचाइ मन्त्रालय तथा सो मातहतका निकायहरूका साथै साविकको वातावरण मन्त्रालय अन्तर्गत रहेका वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र जल तथा मौसम विज्ञान विभाग समेत समावेश गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय गठन भएको हो। जलस्रोतको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँड तथा जलस्रोत, ऊर्जा, सिँचाइ र भूमिगत जलस्रोत सम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकासका साथै वैकल्पिक ऊर्जा प्रवर्द्धन र जल तथा मौसम विज्ञान सम्बन्धी कार्य यस मन्त्रालयको प्रमुख कार्यक्षेत्र रहेका छन् । |
| दीर्घकालीन सोच: |
|
| उद्देश्य: |
|
| रणनीतिः |
|
| नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ मा भएको व्यवस्था बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट सम्पादन हुने कार्यहरु : | |
|
१ |
जलस्रोत र ऊर्जाको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँटसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; |
|
२ |
जलस्रोत र ऊर्जा पूर्वाधार संरचना निर्माणसम्बन्धी एकीकृत नीति, कानून, मापदण्ड र नियमन; |
|
३ |
जलस्रोतको बहुउपयोग सम्बन्धी एकीकृत नीति, कानून र मापदण्ड; |
|
४ |
नदी बेसिन योजना र जल उपयोगसम्बन्धी गुरुयोजना र नियमन; |
|
५ |
जलस्रोत, ऊर्जा, सिँचाइ र भूमिगत जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकास; |
|
६ |
प्रमुख नदीहरूको बहाव क्षेत्र निर्धारण र सो क्षेत्रको जमीनको संरक्षण, व्यवस्थापन र उपयोगसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; |
|
७ |
अन्तर जलाधार पानी स्थानान्तरण; |
|
८ |
जलस्रोतसम्बन्धी वस्तु वा सेवा उपयोगको मापदण्ड र नियमन; |
|
९ |
ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रसँग सम्बन्धित निकायहरूसँगको समन्वय; |
|
१० |
सङ्घीय र अन्तरप्रदेशस्तरमा सञ्चालन हुने जलस्रोत उपयोगका बहुउद्देश्यीय आयोजनाको पहिचान, अध्ययन, निर्माण र नियमन; |
|
११ |
सङ्घीय र अन्तरप्रादेशिक सिँचाइ र अन्तरप्रदेश जलउत्पन्न प्रकोप नियन्त्रण आयोजनाको पहिचान, अध्ययन, निर्माण र नियमन; |
|
१२ |
ऊर्जा, जलस्रोत र सिँचाइसम्बन्धी ठूला पूर्वाधार आयोजनाबाट विस्थापितहरूको पुनर्बास र पुनर्स्थापना; |
|
१३ |
सङ्घीय र अन्तरप्रदेश सिँचाइ प्रणालीको बाँध, जलाशय, अन्य संरचना, मूल नहरको सञ्चालन, मर्मत सम्भार, व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड र कार्यान्वयन; |
|
१४ |
प्रदेश सीमा नदीको बाढी र नदी नियन्त्रण कार्यक्रम सञ्चालनमा समन्वय र सहयोग; |
|
१५ |
ऊर्जा, जलस्रोत र सिँचाइसम्बन्धी तथ्याङ्क व्यवस्थापन, अध्ययन अनुसन्धान; |
|
१६ |
राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्युत प्रसारण लाइन तथा विस्तार; |
|
१७ |
राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्युत व्यापारसम्बन्धी नीति, कानून, मापदण्ड, सन्धि-सम्झौता, कार्यान्वयन र नियमन; |
|
१८ |
राष्ट्रिय महत्त्वका बहुउद्देशीय जल आयोजना र अन्तर जलाधार स्थानान्तरण; |
|
१९ |
विद्युत सेवाको मापदण्ड, गुणस्तर र महसुलसम्बन्धी नीति र नियमन; |
|
२० |
विद्युत सेवाको राष्ट्रिय र क्षेत्रीय भार प्रणाली व्यवस्थापन र सञ्चालन; |
|
२१ |
नवीकरणीय र वैकल्पिक ऊर्जाको उपयोग, गुणस्तर र मापदण्ड; |
|
२२ |
विद्युत विकासमा लगानी; |
|
२३ |
मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय; |
|
२४ |
मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन; |
|
२५ |
नेपाल इन्जिनियरिङ्ग सेवाअन्तर्गत देहायका समूह, उपसमूहको सञ्चालनः- (क) इलेक्ट्रिकल इन्जिनियरिङ्ग समूह; (ख) मेकानिकल इन्जिनियरिङ्ग समूह; (ग) मेटेरियोलजी समूह; (घ) जियोलजी समूहको हाइड्रोजियोलजी उपसमूह र इन्जिनियरिङ्ग जियोलजी उपसमूह; (ङ) एग्री इरिगेशन इन्जिनियरिङ्ग समूह; (च) सिभिल इन्जिनियरिङ्ग समूहको इरिगेशन, हाइड्रो-पावर र हाइड्रोलजी उपसमूह। |