वि.सं:
नेपाल संवत: ११४५ दिल्लागा द्वादशी - २७
पृष्ठभूमि: |
ऊर्जा, जलस्रोत तथा सिँचाइको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँड सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन गर्न तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ सम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकास गर्न साविकको ऊर्जा मन्त्रालय र सिँचाइ मन्त्रालय तथा सो मातहतका निकायहरूका साथै साविकको वातावरण मन्त्रालय अन्तर्गत रहेका वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र जल तथा मौसम विज्ञान विभाग समेत समावेश गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय गठन भएको हो। जलस्रोतको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँड तथा जलस्रोत, ऊर्जा, सिँचाइ र भूमिगत जलस्रोत सम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकासका साथै वैकल्पिक ऊर्जा प्रवर्द्धन र जल तथा मौसम विज्ञान सम्बन्धी कार्य यस मन्त्रालयको प्रमुख कार्यक्षेत्र रहेका छन् । |
दीर्घकालीन सोच: |
|
उद्देश्य: |
|
रणनीतिः |
|
मन्त्रालयको कार्य विभाजन |
मन्त्रालयबाट सम्पादन हुने कार्यको विभाजन देहाय बमोजिम रहेको छ :
१ |
जलस्रोत र ऊर्जाको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँडसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; |
२ |
जलस्रोत र ऊर्जा पूर्वाधार संरचना, निर्माणसम्बन्धी एकीकृत नीति, कानून, मापदण्ड र नियमन; |
३ |
सिंचाइ सम्बन्धी एकीकृत नीति, कानून, मापदण्ड ; |
४ |
नदी बेसिन योजना र जल उपयोगसम्बन्धी गुरुयोजना र नियमन; |
५ |
जलस्रोत, ऊर्जा, सिंचाइ र भूमिगत जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकास; |
६ |
प्रमुख नदीहरुको बहाव क्षेत्र निर्धारण र सो क्षेत्रको जमीनको संरक्षण, व्यवस्थापन र उपयोगसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; |
७ |
जलस्रोत सम्बन्धी वस्तु वा सेवा उपयोगको मापदण्ड र नियमन; |
८ |
जलस्रोत, ऊर्जा र सिंचाइ क्षेत्रसँग सम्बन्धित निकायहरुसँगको समन्वय; |
९ |
संघीय र अन्तरप्रदेशस्तरमा सञ्चालन हुने जलस्रोत उपयोगका बहुउद्देश्यीय आयोजनाको पहिचान, अध्ययन, निर्माण र नियमन; |
१० |
संघीय र अन्तरप्रादेशिक सिंचाइ र अन्तरप्रदेश जलउत्पन्न प्रकोप नियन्त्रण आयोजनाको पहिचान, अध्ययन, निर्माण र नियमन; |
११ |
जलस्रोत, ऊर्जा र सिंचाइसम्बन्धी ठूला पूर्वाधार आयोजनाबाट विस्थापितहरुको पुनर्बास र पुनर्स्थापना; |
१२ |
संघीय र अन्तरप्रदेश सिंचाइ प्रणालीको बाँध, जलाशय, अन्य संरचना, मूल नहरको सञ्चालन, मर्मत-सम्भार, व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड र कार्यान्वयन; |
१३ |
प्रदेश सीमा नदीको बाढी र नदी नियन्त्रण कार्यक्रम सञ्चालनमा समन्वय र सहयोग; |
१४ |
जलस्रोत, ऊर्जा र सिंचाइसम्बन्धी तथ्याङ्क व्यवस्थापन, अध्ययन अनुसन्धान; |
१५ |
राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्युत प्रसारण लाइन तथा विस्तार; |
१६ |
राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्युत व्यापारसम्बन्धी नीति, कानून, मापदण्ड, सन्धि-सम्झौता, कार्यान्वयन र नियमन; |
१७ |
राष्ट्रिय महत्वका बहुउद्देश्यीय जल आयोजना र अन्तर जलाधार स्थानान्तरण; |
१८ |
विद्युत सेवाको मापदण्ड, गुणस्तर र महसुलसम्बन्धी नीति र नियमन; |
१९ |
विद्युत सेवाको राष्ट्रिय र क्षेत्रीय भार प्रणाली व्यवस्थापन र सञ्चालन; |
२० |
नवीकरणीय र वैकल्पिक ऊर्जाको उपयोग, गुणस्तर र मापदण्ड; |
२१ |
विद्युत विकासमा लगानी; |
२२ |
जल तथा मौसम विज्ञान सेवासम्बन्धी नीति, कानून, मापदण्ड, तथ्याङ्क, योजना, कार्यान्वयन र नियमन; |
२३ |
मौसम तथा बाढी पूर्वानुमान; |
२४ |
विपद् पूर्व सूचना प्रणालीको विकास तथा सम्प्रेषण; |
२५ |
जलवायुसम्बन्धी अध्ययन तथा अनुसन्धान, सूचना आदान प्रदान; |
२६ |
जल तथा मौसमी राडार, रेडियोसोन्डे, चट्याङ नेटवर्क, सौर्य विकीरण केन्द्रहरुको व्यवस्थापन र सूचना प्रवाह; |
२७ |
हिमनदी तथा हिमताल; |
२८ |
मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय; |
२९ |
मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन; |
३० |
नेपाल इन्जिनियरिङ्ग सेवाअन्तर्गत देहायका समूह, उपसमूहको सञ्चालन :- |